चीनको हाङझाउ शहरमा भएको १९ औं एशियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी स्वदेश फर्किएका छन् । विजयी कराते र कबड्डी नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव प्रकाश कुसारी लगायतको टोली पुगेको थियो । विमानस्थलमा पदक विजेता कराते खेलाडी एरिका गुरुङ्गले आगामी दिनमा यस भन्दा माथि जनका लागि लिग र अन्य फरक फरक खेलहरुमा सहभागिता जनाउँदै आफूलाई अब्बल बनाउनुपर्ने आवश्यकता रहेको बताइन ।

खेलाडी गुरुङले आगामी दिनमा झनै राम्रो गर्दै जाने प्रतिवद्धता जनाइन । एशियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलमा कराते खेलाडी एरिका गुरुङ्गले रजत र कबड्डी टोलीले कास्य पदक प्राप्त गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय