काठमार्डौं । चौथो ओएस नेपाल म्यूजिक अवार्ड समारोहमा गीत – संगीतका ६१ विधाका स्रष्टालाई अवार्ड वितरण गरियको छ ।सुगम संगीतका लोकप्रिय गायक शिव परियारलाई दशकको सम्मान, उत्कृष्ठ सुगम संगीत गायिकाको अवार्ड गायिका जुनु रिजाललाइ , उत्कृष्ठ पप संगीतकारको अवार्ड संगीतकार दीपक शर्मालाई प्रदान गरियको हो । उत्कृष्ठ लोकदोहोरी जुरी अवार्ड भने श्रीकृष्ण बम मल्लले प्राप्त गरे। राष्ट्रिय नाचघर जमलमा सम्पन्न कार्यक्रममा वरिष्ठ संगीतकर्मी शम्भुजित बाँसकोटालाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ ।

 

समारोहमा रंग पत्रकारलाई समेत सम्मान गरियको थियो । कार्यक्रममा पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, सांसद ज्ञानेन्द्र शाही, गायक रामकृष्ण ढकाललगायतले आतिथ्यता ग्रहण गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय