

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सडक जोखिम न्यूनिकरणका लागि पहल थालेको छ । नगरपालिकाले गणेशमानसिंह मार्गको स्तरउन्नतीका लागि पहल सुरु गरेको हो । नगरपालिकाले थानकोट हुँदै मकवानपुर जिल्लाको चित्लाङ पुग्ने सडकको मर्मत थालेको हो । मर्मत अन्तर्गत सडकका खाडल पुर्ने, नाला सफा गर्ने लगायतको काम भएको छ ।






वर्षाका कारण कच्ची सडकको धेरै ठाउँमा खाल्टाखुल्टी परेको, सवारी र यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनु परेको यर्थाथलाई मनन गर्दै सडक मर्मत सुरु भएको हो ।
झण्डै एक दशकदेखि सडक बन्न थालेपनि सम्पन्न नहुँदा यात्रा जोखिमपूर्ण छ । काठमाडौंबाट हेटौंडा पुग्ने छोटो बाटो भएकाले यो सडक चाडपर्वका बेला निक्कै ब्यस्त रहन्छ । चाडपर्वका बेला सुरक्षित र सहज यात्रा गर्नका लागि मर्मत गरिएको नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।
प्रवक्ता खडगीले भन्नु भयो सुरक्षित यात्राका लागि नगरपालिका गम्भिर छ ।