काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस संस्थापन इतर नेता डा. शेखर कोइरालाबीच लिखित सहमति भएको छ ।

दाहाल,देउवा, कोइराला बिच हालको गठबन्धन कायम राख्ने लिखित सहमति भएको हो । कोशी प्रदेशको मुख्यमन्त्रीमा कोइराला पक्षले गठबन्धनको बिद्रोह गर्दै एमाले प्रदेशसभा सदस्यको समर्थनमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सफल भएपछि शशंकित देउवा र दाहालले शनिबार बिहान डा. कोइरालालाई छलफलका लागि बालुवाटारमा बोलाएका थिए । बालुवाटारमा बसेको बैठकमा तीनै जनाले वर्तमान गठबन्धन नटुटाउने अठोट गरेका छन् । वर्तमान गठबन्धनलाई यथावत् राख्ने र कमजोर नपार्ने कबुलियतनामामा कांग्रेस सभापति देउवा, कोइराला र प्रचण्डले हस्ताक्षर समेत गरेका छन् । हस्ताक्षर गरेको उक्त पत्रमा लेखिएको छ, ‘हामी वर्तमान सक्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौँ र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिँदैनौँ ।

 

यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेशका नवनियुक्त मुख्य मन्त्री केदार कार्कीलाई सत्तारुढ गठबन्धनको समर्थन रहेको बताउनु भएको छ । रिफ्रेसमेन्टका लागि चितवन पुग्नु भएका दाहालले कोशीमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने र केदार कार्की गठबन्धनकै उम्मेदवारका रुपमा मुख्यमन्त्री बनेको जिकिर गर्नुभयो । कार्कीलाई सबैको मुख्यमन्त्री भन्दै दाहालले समस्याको सेफल्याण्डिङ गरेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय