नेपालीहरुको महान चाँड बडादशैं आश्विन शुक्ल प्रतिपदादेखी नवमीसम्म नवरात्री पर्व मनाइन्छ । यो पर्वमा देशका विभिन्न शक्तिपिठहरूमा विभिन्न देवीहरूको पूजा गरिन्छ । शक्ति पिठहरूमा हिन्दु धर्मालम्बीहरूको भीड लाग्ने गर्दछ । देवीलाई खुशी पार्नको लागि सबैले आ–आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने गर्छन् । कसैले ९ दिनको उपवास राख्ने गर्छन् त कसैले ९ दिनसम्म चप्पलको प्रयोग गर्दैनन् ।

नवरात्रीको अवसरमा ९ देवीको विषेश पूजा गर्ने गरिन्छ । यी देवीहरुलाई शक्तिको केन्द्र रुपमा मान्ने गरिन्छ । नवरात्रीमा कुन देवीको पूजा गर्दा कुन मन्त्र जप्ने थाहा पाइ राखौं ।

पहिलो दिन

शैलपुत्री : आश्विन शुक्ल प्रतिपदाका दिन शैलपुत्रीको पूजा गर्ने गरिन्छ । यसका क्रममा जपिने मन्त्र

वन्दे वांछित लाभाय चन्द्राद्र्वकृतशेखराम् ।
वृषारूढा शूलधरां यशस्विनीम् ।।

यसको अर्थ शैलपुत्रीको दाहिने हातमा त्रिशूल र दायाँ हातमा कमलको फूल हुन्छ । यीनै नवदुर्गाहरूको प्रथम दुर्गा हुन् । नवरात्रीको पहिलो दिन शैलपुत्रीको पूजा गरिन्छ ।

दोस्रो दिन

ब्रम्हचारिणी : आश्विन शुक्ल द्वीतियाका दिन ब्रम्हचारिणीको पूजा गरिन्छ । यस क्रममा जपिने मन्त्र

दधना करपपद्माभ्यांक्षमालाकमण्डलू ।
देवीप्रसीदतु मयी ब्रम्हाचारिण्यनुत्तमा ।।

यसको अर्थ ब्रम्हचारिणी नव दुर्गामा दोस्री माता हुन् । देवी ब्रम्हचारिणीको स्वरूप अद्भुत र दिव्य छ । माताको दाहिने हातमा रूद्राक्षको माला र बायाँ हातमा कमण्डलु रहेको छ ।

तेस्रो दिन

चन्द्रघण्टा : आश्विन शुक्ल तृतीयाका दिन चन्द्रघण्टाको पूजा गरिन्छ । यस क्रममा जपिने मन्त्र

पिण्डजप्रवरारूढा चण्डकोपास्त्रकैर्युता ।
प्रसादं तनुते मह्रयं चन्द्रघण्टेति विश्रुता ।।

यसको अर्थ चन्द्रघण्टा माताको निधारमा घण्ट आकारको अर्धचन्द्र छ । उनको शरिरको रंग सुन जस्तै चम्किलो छ । यीनको हातमा शस्त्र पनि छन् । यीनको बाहन सिंह हो । यीनको मुद्रा युद्धका लागि तयार रहेको जस्तो देखिएको छ । यीनको घण्टको डरलाग्दो ध्वनीले अत्याचारी दानव, दैत्य सबै डराउँछन् ।

चौथो दिन

कुश्माण्डा : आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गरिन्छ । यस क्रममा जपिने मन्त्र

सुरासम्पूर्णकलशं रूधिराप्लुतमेव च ।
दधानाहस्तपद्याभ्यां कुष्माण्डा शुभदास्तु मे ।।

यसको अर्थ आठ हातहरू भएकी कुष्माण्डा देवी अष्टभुजा देवीको नामबाट पनि चिनिन्छिन् । यीनको हातमा कमण्डल, धनुष बाण, कमलको फूल, अमृत पूर्ण कलश, चक्र र गधा हुन्छन् । देवी कूष्माण्डाको वाहन सिंह हो ।

पाँचौ दिन

स्कन्दमाता : आश्विन शुक्ल पञ्चमीका दिन स्कंदमाताको पूजा गरिन्छ । यस क्रममा जपिने मन्त्र

सिंहासनगता नित्यं पद्माञ्चितकरद्वया ।
शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी ।।

यसको अर्थ स्कंदमाताको चार वटा हात छन् । दाहिनेतर्फको माथिको हातमा भगवान् स्कंद रहेका छन् । दाहिने तर्फको तलको हातमा कमलको फूल रहेको छ । बायाँतर्फको माथीको हातमा वरमुद्रा रहेको छ भने तलको हातमा पनि कमलको फूल रहेको छ ।

छैठौं दिन

कात्यायनी : आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको पूजा गर्ने गरिन्छ । यस क्रममा जपिने मन्त्र

चन्द्रहासोज्जवलकरा शार्दूलावरवाहना ।
कात्यायनी शूभं दद्यादेवी दानवद्यातिनी ।।

यसको अर्थ देवी कात्यायनीको रंग सुन जस्तै चम्किलो हो । यीनको चार वटा हात रहेका छन् । दायाँको माथिल्लो हातमा अभय मुद्रामा छिन् र तल्लो हातमा वर मुद्रा रहेको छ । बायाँको माथिल्लो हातमा तलवार रहेको छ भने तल्लो हातमा कमलको फूल रहेको छ ।

सातौं दिन

कालरात्री : आश्विन शुक्ल सप्तमीका दिन कालरात्री देवीको पूजा गरिन्छ । यस क्रममा जपिने मन्त्र

एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता ।
लम्बोष्ठी कर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी ।।

वामपादोल्लसल्लोहलताकण्टक भूषणा ।
वर्धन्मर्धध्वजा कृष्णा कालरात्रिर्भयंकरी ।।

यसको अर्थ यीनको शरिरको रंग अन्धकारको जस्तै कालो छ । कपाल बिग्रिएको छ । घाँटीमा बिजुली चम्केजस्तै चमकदार माला छ । यीनको तीन वटा नेत्र छन् । यीनको नाकबाट अग्नीको डरलाग्दो ज्वाला निस्किरहन्छ । यीनको बाहन गधा हो ।

आठौं दिन

महागौरी : आश्विन शुक्ल अष्टमीका दिनमा महागौरीको पूजा गरिन्छ । यस क्रममा जप गरिने मन्त्र

श्वेत वृषे समारूढा श्वेताम्बरधरा शुचिस् ।
महागौरी शुभं दद्यान्महादेवप्रमोददा ।।

यसको अर्थ देवी महागौरीको रंग निकै गोरो छ । यीनको वस्त्र र गहना आदि पनि सेता छन् । महागौरीको बाहन साँढे हो । दायाँ भागको माथिको हातमा अभय मुद्रा र तल्लो हातमा त्रिशूल रहेको छ भने बायाँ भागको माथिल्लो हातमा डमुरू र तल्लो हातमा वर मुद्रा हो । यीनको स्वभाव शान्त रहेको छ ।

नबौं दिन

सिद्धिदात्री : आश्विन शुक्ल नवमीका दिनमा पूजा गरिन्छ । यस क्रममा जप गरिने मन्त्र

सिद्धगंधर्वयक्षाद्यैरसुरैरमरैरपि ।
सेव्यमाना यदा भूयात् सिद्धिदा सिद्धिदायनी ।।

यसको अर्थ माता सिद्धिदात्री चार हात भएकी छिन् । यीनको बाहन सिंह हो । उनी कमलको फूलमा विराजमान छिन् । यीनको दाहिनेतर्फको माथीको हातमा गदा र तल्लो हातमा चक्र रहेको छ । बायाँ हातमा कमलको फूल र शंख रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय