काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो जीत दर्ता गरेको छ ।

बहराइनविरुद्ध नेपालका स्पीनर दीपेश कँडेलले ९ ओभर ५ बलमा ८ मेडनसहित ६ विकेट लिदा केवल ४ रन खर्चिएका छन् । यो आँकडामा उहाँले खर्चेको रनभन्दा बढी संख्यामा विकेट हो । उहाँले खेलमा ५९ पटक बल फ्याक्दा मात्र तीन रन बन्यो । प्रतिद्वन्द्वी बलियो थिएन तर कुनै पनि स्तरको क्रिकेटमा यस्तो आँकडा विरलै प्राप्त हुन्छ । दीपेशको लाइन र लेन्थमा गजबको कन्ट्रोल थियोे हरेक बल ‘स्टम्प टु स्टम्प’ थिए ब्याट्सम्यानले उहाँको बलमा हात खोल्ने अवसरै पाएनन् । उहाँले लगातार ८ ओभर मेडन फ्याकेका थिए ।

यो प्रतियोगिताका दुई खेलमा दीपेशको आँकडा १६.५ ओभर बलिङ गर्दा ११ मेडन राखेका छन् भने केवल ८ रन खर्चेर ९ विकेट लिइसकेका छन् । अघिल्लो खेलमा इरानविरुद्ध तीन विकेट लिएका थिए । नेपालले अब समूह चरणको अन्तिम खेल साउदी अरबविरुद्ध बिहीबार खेल्नेछ । नेपाल सेमीफाइनल नजिक पुगेको छ ।

कँडेलले गत वर्ष फागुनमा भएको यू–१९ विश्वकप छनोटमा नेपाललाई हारको मुखबाट जोगाई ७ वर्षपछि विश्वकपमा पु¥याएका थिए । यूएईविरुद्धको निर्णायक खेलमा उहाँले आफ्नो अन्तिम ओभरको पछिल्ला तीन बलमा ह्याट्रिक लिँदै यूएईलाई स्तब्ध बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय