

नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिर बागलुङमा नव दुर्गा लागे संगै हजारौं श्रद्वालु भक्तजनको घुइँचो लागेको छ । रमणीय मनमोहक जंगलको बिचमा अवस्थित मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरिपरि चहलपहल बढेको छ ।
नेपाली हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाका केन्द्र नेपाल कै प्रमुख शक्तिपिठ कालिका भगवती मन्दिरमा नब दुर्गाको पहिलो दिन श्रद्धालु भक्तजनहरूको बिहानदेखि मन्दिरमा पुजाअर्चना गर्नेहरूको भिड लागेको छ । बागलुङ नगरपालिका वडा नम्बर १ मा अवस्थित कालिका मन्दिरमा बिजया दशमी प्रारम्भ भएको दिन बिहानदेखि नै भक्तजन पुजाअर्चनाको लागि आएका भक्तजनलाई सहजरूपमा पुजा गर्ने ब्यवस्था मिलाएको कालीका गुठी ब्यवस्थापन समितिले जनाएको छ ।






कालिका भगवती मन्दिरमा आएर पुजा गरे आफुले मनले चिताएको कुरा पुरा हुन जनविश्वास भएको कारणले पनि आफुहरू मन्दिर आउने गरेको श्रद्वालु भक्तजन बताउछन । बालिका भगवती मन्दिरमा भक्तजनले प्रसादको रूपमा चामलको पिठो घिउमा पकाएको रोट देवीलाई चढाउने भएको हुनाले पनि यसको ब्यापार राम्रो हुने गरेको छ । दुर्गा लागपछि कालिका मन्दिरमा स्वदेश तथा विदेशबाट हजारौंको संख्यामा भक्तजनहरु आउने पूजा, पाठ, पन्चबली, भाकल पूजा गर्न पुग्ने गर्दछन ।
बागलुङ कालिका भगवती मन्दिरमा चैत्राष्ठमी र बडा दशैमा बिशेष पूजा अर्चना हुन्छ । त्यो समयमा मन्दिर क्षेत्रमा चैते दशैंंको मेला लाग्छ । चैत्राष्टमी मेला गण्डकी प्रदेश कै ठुलो र महत्वपूर्ण मानिन्छ । यसको धार्मिक महत्व त छदैछ, यसले आर्थिक, समाजिक, सांस्कृतिक र राजनैतिक महत्व पनि राख्दछ ।तत्कालीन पर्वतका राजा प्रतापी नारायण मल्लले वि।सं १५९० मा राज्यारोहण गरेका थिए । उहाँको विवाह १५९१ मा पाल्पाका राजा मणि मुकुन्दसेनकी छोरीसँग भएको थियो विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रूपमा बुवासँग मागेर आफूसँगै ल्याएको किम्बदन्ती रहेको छ ।
पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल कालिका मन्दिर भएको ठाउँ बागलुङ नगरपालिका–१ मा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तिले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किंवदन्ती छ । कालीका भगवती संग गरेको भाकल पूरा भएको भन्दै बिशेश गरि, काठमाडौ, पोखरा, नारायणगढ, स्याङ्जा, गुल्मी, पर्वत, तनहुँ, गोर्खा लगायत देशभर बाट दर्शनको लागि आउने गर्छन् । कालिका गुठी ब्यवस्थापन समितिले मन्दिर पुजा गर्न आउने भक्तजनको सहजाताको लागि लाइनमा बसेर सजिलोसँग पुजा गर्ने प्रवन्ध मिलाएको छ । कालीका भगवती मन्दिरमा एक बर्षको अबधिमा करिब १५ लाख भक्तजन आउने गरेका छन् ।