

काठमाडौ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कात्तिक १ गते प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिन चाहेको दुई दिनअघि प्रदेश सभालाई सूचना दिनुपर्ने प्रदेश सभा नियमावलीको व्यवस्था छ ।सोहि नियमावली अनुसार कार्कीले विश्वासको मत लिने सूचना प्रदेश सभालाई सोमबार दिएका छन्। मुख्यमन्त्री कार्कीले आइतबार शपथ लिएपछि तत्कालै विश्वासको मत लिने तयारी गरेका हुन् ।





