चन्द्रागिरि नगरपालिकाको नगर प्रहरी छनौट प्रकृया सम्पन्न भएको छ । मंसिरदेखि लागूहुने गरि नगर प्रहरीको रुपमा फिल्डमा खटिने गरि चन्द्रागिरि नगरपालिकाको नगर प्रहरी छनौट प्रकृया सम्पन्न भएको हो।

प्रारम्भिक स्वास्थ्य परिक्षण, शारीरिक तन्दुरुस्ती मूल्याकंन परिक्षा, लिखित परिक्षा, बिस्तृत स्वास्थ्य परिक्षण र अन्तर्वार्ता गरि ५ चरणमा छनौट प्रकृया संचालन भएको थियो। सम्पूर्ण परिक्षा सफलता पुर्बक पार गरि नगर प्रहरी सहायक निरीक्षक एक जना, नगर प्रहरी जवान खुल्ला तर्फ १५ जना र नगर प्रहरी जवान महिला तर्फ ८ जना गरि २४ जना उम्मेदवार छनौट भएकाछन्।

सम्पूर्ण प्रकृयामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंका प्रतिनिधिहरु तथा महानगरीय प्रहरी वृत थानकोटका प्रतिनिधिहरुको प्रत्यक्ष निगरानीमा छनौट भएको थियो। सफल उम्मेदवारहरुलाई दशैं लगत्तै नियुक्ति दिने र प्रशिक्षण प्रदान गरिने नगरपालीकाले जनाएको छ । छनौट पश्चात चन्द्रागिरि नगरपालीकाको पनी आफ्नै नगरप्रहरी अब सडकमा देखिने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय