थारु समुदायको कला संस्कृति संरक्षणमा टेवा पु¥याउने उद्देश्यले बाँकेको बैजनाथ गाउँपालिका एक च्यामामा लाईफ म्यूजियम सहितको होमस्टे बन्ने भएको छ । च्यामा स्थित हाललाई दश घर होमस्टे बनाउने तयारी थालिएको छ ।

थारु समुदायको कला संस्कृति संरक्षण गर्दै आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामा भ्यालीमा लाईफ म्यूजियम सहितको होमस्टे बनाउन तिनैतहका सरकारले चासो देखाएका छन् । च्यामाका स्थानीय थारु समुदायको अग्रसरतामा लाईफ म्यूजियम र होमस्टे सञ्चालनमा ल्याएर आर्थिक समृद्धि गर्न तिनै तहका सरकार अगाडी बढेका हुन् । झण्डै ६ करोडको लगानी गरेर थारु समुदायको कला संग्राहलयको रुपमा लाईफ म्यूजियमको भवन सम्पन्न भैसकको छ भने तत्कालै १० घर होमस्टे बन्ने तयारीमा रहेका छन ।

पचास बर्ष पहिले थारु समुदायको कला, संस्कार, संस्कृति, रैथाने ज्ञान, प्रबिधि, सिपलाई फेरी पुनः जागरण गर्दै आय आर्जनसंग जोड्दै बजारीकरण गरेर आर्थिक सुधार गर्ने होमस्टेले लक्ष्य राखेको छ । थारु समुदायमा आधारित रहेर च्यामा भ्यालीमा ट्रिपिल, ट्रेडिसनल होमस्टेको अवधारणा ल्याएर एक बर्षभित्रै सञ्चालनमा ल्याउने भन्दै दश घर छनौट गर्ने प्रकृयासंगै घरहरुमा थारु संस्कृति झल्केने गरि भित्तामा आर्ट पनि थालिएको छ । च्यामा क्षेत्रको पुरानो थारु समुदायको वस्तीलाई कला, संस्कृतिसंग यस क्षेत्रका समुदायलाई तिनै तहका सरकारले पर्यटन प्रवद्र्धनसँग जोडने जनप्रतिनिधिको लक्ष्य छ ।

भित्तामा चित्र बनाउने चलन थारु समुदायको परम्परादेखि चलि आएको भन्दै च्यामा भ्यालीमा होमस्टे सञ्चालन हुने भएपछि यसलाई निरन्तरता दिईएको हो । कृष्णजन्माष्टमीका दिन देखि सखिया नाचको थालनी गरेर माघ महिनामा अन्त्य गर्ने परंपरा भएपनि च्यामा भ्यालीमा लाईफ म्यूजियम सहितको होमस्टे बन्ने भएपछि अझ तिब्रता दिईएको छ । दैनिक नाचिने सखिया नाचसंगै घरघरमा थारु संस्कृति झल्काउने घरका भित्तामा भगवान, वन्यजन्तुको आर्ट समेतले घर सिंगार्न थालिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय