पाल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । पाल्पाको रानीमहल जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।बागमति प्रदेश ७२०९ नम्बरको स्कारपियोमा ७ जना सवार रहेका प्रहरीले जानकरी दिएको छ ।

जीप कहाँका लागि छुटेको भन्ने अझै एकीन भइ नसकेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेकाले उद्धारमा कठिनाइ भएको छ ।पाल्पाका एसपी हेरम्ब शर्माका अनुसार बैकुण्ठ पहाडबाट सय मिटर भन्दा लामो छाँगो रहेको र उद्धार कठिनाइ भएको छ । दुई सय मिटर तल्लो भागबाट खोला भएर उद्धारका लागि पुग्नु पर्ने भएकाले कठिनाइ भएको हो । दुर्घटनामा जीपका चालक भने घाइते भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय