काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–६, मा अज्ञात व्यक्तिको गोली लागेका शिक्षकको मृत्यु भएको छ ।

सोमबार दिउसो बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सरार्फ (गुड्डु) गोली लागी गम्भीर घाइते भएका थिए । रुपेशलाई विद्यालयबाट कलैया बजार जाने क्रममा श्री पन्नादेवी कन्या उच्च माध्यमिक विद्यालय अगाडि अज्ञात समूहले गोली प्रहार गरेको थियो । उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको र उनलाई गोली लागेलगत्तै उपचारका लागि कलैया अस्पताल लगिए पनि उपचार सम्भव नभएपछि बयोधा अस्पताल पु-याइएको थियो ।

बयोधा अस्पतालका चिकित्सकहरुले उनलाइ मृत घोषित गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय