

शाान्त र रमणिय वाताबरणमा रहेको गुम्बाहरुलाई धार्मिक पर्यटन केन्द्रको रुपमा बिकास गर्न उपराष्ट्रपति राम साहय यादबले जोड दिनु भएको छ । सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका ४ चिवाङमा रहेको चिवाङ गुम्बा साङ्गे ट्रष्ट गुम्बा ब्यबस्थापन समिति सोलुखुम्बुले आयोजना गरेको गुम्बा स्थापनाको सयौं बार्षिक उत्सब कार्यक्रमको उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्नु हुदै कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति यादबले उक्त कुरामा जोडदिनु भएको हो ।
उपराष्ट्रपति यादब मंगलबार काठमाण्डौबाट नेपाल वायु सेवा निगमको जहाजबाट सोलुखुम्बुको फाप्लु बिमानस्थल अबतरण गर्नु भइ गाडिबाट गुम्बा रहेको स्थान पुग्नु भएको थियो । उपराष्ट्रपति गुम्बा पुग्नु हुदाँ धार्मिक गुरुहरु र गुम्बा ब्यबस्थापन समितिका सदस्यहरुले खादा लगाइ उपराष्ट्रपति यादबलाइ स्वागत गर्नू भएको थियो । उपराष्ट्रपति यादबले गुम्बाको दर्शन गर्नु भई गुम्बाको अबस्था अबलोकन गर्नु भइको थियो ।






कार्यक्रममा साङगी नाच शेर्पा शेप्रो नाच प्रदशन गरीएको थियो भने गुम्बालाई सहयोग गर्नु हुने सहयोग दाताहरुलाइ प्रमाणपत्र र बुद्धको मुर्ति उपराष्ट्रपति यादबबाट प्रदान गर्नु भएको थियो ।