डिशहोम परिवारले नेपाली क्रिकेट खेलाडीको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको छ । आईसीसी पुरुष टी २० वल्र्ड कप अन्तर्गत एशिया छनोटमा नेपाली क्रिकेट खेलाडीका हरेक रन, विकेट र ‘माइलस्टोन’ म डिसहोमले पुरस्कार घोषणा गरेको हो ।
एकै खेलमा शतक र ५ विकेट्स दुवै गरेमा २० लाख, शतकमा १० लाख ५ विकेट लिएमा ५ लाख दिने डिसहोमले जनाएको छ । त्यस्तै हाफ सेन्चुरीमा १ लाख, ३ विकेट्स लिएमा १ लाख, ३५ रनका लागि ५० हजार र तीन क्याच-स्टम्पिङ्स गरेमा ५० हजार दिने पनि डिसहोमले जनाएको छ ।






