काठमाडौं । संविधान दिवशमा कैद सजाय मिनाहा पाएका बाँकेका योगराज ढकाल रिगलको मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ ।

कामू प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासले बिहीबार निर्णय सुनाउने आदेश दिएको हो । रिगलको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमाथि मंगलबार र बुधबार सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो ।

 

आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै चेतनकी श्रीमती भारतीले रिगलविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय