शुक्रबार मध्यराततिर आएको शक्तिशाली भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा भएको जनधनको क्षतिको विवरण सुन्दा हामी अत्यन्त दुःखित छौ । विज्ञप्तीमा भनिएको छ । भूकम्पमा परी जीवन गुमाएका सबैप्रति श्रद्धाभाव राख्दै तिनका परिवारजनप्रति हाम्रो गहिरो सहानुभूति र समवेदना छ । घाइते सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । त्यहाँ भएको त्यस्तो ठूलो मानवीय तथा भौतिक क्षतिप्रति हाम्रो गम्भीर चिन्ता रहेको छ ।
यता आएर हाम्रो देशको पश्चिमी र सुदूरपश्चिमी भूभागमा बराबर भूकम्पको प्रकोप चलिरहेको छ । यस्तोमा हाम्रो पूर्वतयारी र सतर्कताको सुव्यवस्था हुनुपर्ने हो । त्यसैगरी, यस्तो प्रकोपको घडीमा हुनुपर्ने उद्दार, राहत, स्वास्थ्य उपचार तथा पुनःनिर्माणका काममा लोककल्याण भाव राखेर सबै कार्यव्यवस्था तदारुक रुपमा हुनुपर्ने हो तर, त्यस्तो हुन नसकेको जनगुनासो पनि हामीले सुनेका छौँ ।



राज्य व्यवस्थाले त्यसतर्फ उचित ध्यान दिनु पर्दछ भन्ने हाम्रो आग्रह छ । त्यसैगरी, अहिलेको राजनीति र राज्य व्यवस्था लोकहितकारी तथा विकास, राहत, उद्दार, उत्थान जस्ता राष्ट्रिय भावमा केन्द्रित हुनुपर्ने पनि हाम्रो धारणा रहेको छ ।




