काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नेपालका पश्चिमी क्षेत्रका भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ ।
चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले यस्तो दुःखद घडिमा त्यहाँका जनतालाई सहयोग गर्नु नगरको दायित्व भएको बताउनु भयो । भूकम्पबाट मृत्युभएका प्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीर्घ स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । उहाँले आफु विशेष कामले विराटनगर जानु परेकोले आइतबार फर्किएर छलफल गरी कस्तो खालको सहयोग गर्ने भन्ने विषयमा निर्णय गर्ने OURNEWSCREW.COM लाई बताउनु भयो ।
उपत्यका मेयर फोरमका महासचिवसमेत रहनुभएका मेयर गिरीले तत्कालै मेयर फोरमको बैठक बसी भूकम्प पीडितलाई विशेष प्याकेजको व्यवस्था समेत गरिने बताउनु भयो ।



शुक्रबार राति ११ बजेटर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । यो समाचार तयार पार्दासम्म भूकम्पबाट १ सय ४३ जनाको मृत्युभएको छ भने १ सय ६६ जना घाइते भएका छन् ।



