काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले घिसिङसहित विभागका प्रमुख लगायतलाई कार्यालय प्रवेशमा रोक लगाएका हुन् ।

आन्दोलनरत कर्मचारीहरुले कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालय प्रमुखहरुलाई तीन दिनसम्म कार्यकक्षमा प्रवेशमा निषेध गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरुले संस्थागत उन्नती र कर्मचारीको हक हितमा प्राधिकरणले चासो नदिएको आरोप छ । माग सुनुवाइ नभए कात्तिक २२ गतेदेखि थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय