लुम्बिनी प्रदेशका तत्कालीन प्रदेशसचिव वैकुण्ठ अधिकारीसमेत चार जनाविरुद्ध गैरकानूनी लाभ तथा हानि पु¥याइ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अधिकारीसहित तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीविरुद्ध आरोपपत्र दर्ता भएको हो । कृषकलाई वितरण गरिएको कृषि यन्त्र तथा उपकरणको सम्झौताबमोजिम गुणस्तर परीक्षण नगरी आपूर्तिकर्तालाई रकम भुक्तान गरी हानिनोक्सानी पु¥याएको आरोपमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले उनीहरूविरुद्ध एक करोड ३१ लाख ६० हजार रुपैयाँ बिगो कायम गर्दै कैद र जरिबानाका साथै हानिनोक्सानी पु¥याएको रकम असुलउपरको मागदाबी गरेको छ । कम गुणस्तरको र फरक ब्रान्डको मिनिटिलर आपूर्ति गर्ने आपूर्तिकर्तालाई रकम भुक्तानी गरी प्रदेश सरकारलाई बदनियतपूर्वक हानि पु¥याइ भ्रष्टाचार गरिएको अख्तियारको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय