काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मंसिर २२ गते काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन स्थगित गरेको छ ।

पश्चिम नेपालमा भएको भुकम्पीय बिपतलाई मध्यनजर राख्दै जनप्रदर्शन स्थगित गर्ने निर्णय गरिएको हो । माओवादी केन्द्रले बागमती प्रदेश, जनवर्गीय संगठन सम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा काठमाडौं केन्द्रित जनप्रर्दशन गर्ने सर्कुलर गरेको थियो । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढिकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध लगाएतका विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ भन्दै सर्कुलर गरे पनि जाजरकोटको रामीडाँडा केन्द्र गरी ६.४ म्याग्नेच्युडको भूकम्प र उत्पन्न परिस्थितीका कारण जनप्रदर्शन स्थगित गरेको हो यद्यपी स्थानीय पालिका र वडास्तरका जनपरिचालन भने यथावत् रहने माओवादी केन्द्रले जनाएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय