

कोशी प्रदेशमा एमाले सरकारबाट बाहिरिएको छ ।
एमाले संसदीय दलको बैठकले सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको विश्वासको मत भने कायमै राख्ने प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी गराउनु भयो । बैठकमा एमालेले बजेट अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने, कर्णालीका भूकम्प पीडितलाई पारिश्रमिकमा कट्टा हुने गरि राहतको व्यवस्था गर्नेलगायतको निर्णय गरेको सांसद बुद्धिकुमार राजभण्डारीले बताउनु भयो ।






एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाउनु भएको थियो ।