चितवनको भरतपुरमा अलपत्र अवस्थामा रहेको निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने निश्चित भएको छ। भरतपुर महानगर र बागमती प्रदेश सरकारले संयुक्त रुपमा सो रङ्गशाला निर्माण गर्ने भएका हुन्। लागतको ७०प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत भरतपुर महानगगरले लगानी गरेर साझेद्वारीमा सो परियोजना निर्माण गर्ने छन्।



आज मंगलबार बागमतीका मुख्यमन्त्री शालिकराम जमकट्टेल र भरतपुर महानगरका मेयर रेनु दाहालविच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा तत्काल निर्माण सुरु गर्ने उल्लेख छ। भरतपुर महानगर प्रमुख रेनु दाहालले लामो सङ्घर्षपछि रंगशाला बन्ने निश्चित हुँदा अत्यन्तै खुशी भएको बताइन्।
सबै बाधा व्यवधान हटाउने र तत्कालै निर्माण प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ। भरतपुर महानगरले जग्गा उपलब्ध गराई कलाकार धुर्मुस र सुन्तलीले शुरु गरेको निर्माण अभियान रकम अभावले अलपत्र परेको थियो।



