नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको प्राधिकरणले जनाएको छ । केही महिनायता प्राधिकरणले विद्युत् महसुल बक्यौता असुलीलाई अभियानकै रूपमा चलाइरहेको छ । सोही क्रममा विद्युत् महसुल नतिर्ने करिब २१ हजार लाइन काटिएको हो ।

तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाउने प्राधिकरणको भनाइ छ । प्राधिकरणको नियममा मिटर जाँच भएको १६औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । प्रतिशतका दरले थप दस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय