

काठमाडौं । आज विश्व विज्ञान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
प्रत्येक वर्ष नोभेम्बर १० तारिखमा यो दिवस मनाइन्छ । यस वर्ष ‘विज्ञानमा विश्वास अभिवृद्धि’ भन्ने मूल नाराका साथ मनाउन लागिएको छ ।






प्रधानमन्त्री पुष्पकमल दाहालले दिवसको अवसरमा शुभकामना दिँदै विश्वले सामना गरिरहेका विभिन्न चुनौती सम्बोधन गर्न तथ्यमा आधारित सरकारका नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनका लागि विज्ञान र नवप्रवर्तनमा विश्वास अभिवृद्धि गर्न आवश्यक रहेको बताउनु भएको छ ।
उहाँले अनुसन्धान र आविष्कारकै माध्यमबाट मुलुकको समृद्धिमा योगदान पुग्ने भन्दै सबैलाई आह्वान गर्नुभएको छ ।