जाजरकोट । कोपिला भ्याली सेवा समाजले भूकम्प प्रभावित क्षेत्रका पीडितलाई राहत सामाग्री प्रदान गरेको छ । जाजरकोटको कुशे गाउँपालिका– ५, का भूकम्प प्रभावितहरुलाई समाजले राहत वितरण गरेको हो ।

समाजले एक परिवारलाई एउटा त्रिपाल, एक प्याकेट चामल, एउटा सिरक गरी १ सय परिवारलाई राहत वितरण गरेको छ । राहत वितरणमा कोपिला भ्याली सेवा समाजका उपाध्यक्ष गोगनबहादुर मल्ल, वडाअध्यक्ष हरि बहादुर सिंहलगायतले पीडितलाई संयुक्तरुपमा सामाग्री वितरण गरेका हुन् ।

यो वडाका साढे ८ सय घरधुरीमध्ये अधिकांश घरमा भूकम्पले क्षति पु¥याएको छ । अहिलेसम्म १२४ वटा त्रिपाल मात्रै वितरणका गरिएको छ । चिसो बढेसँगै नागरिकहरु खुल्ला आकाश मुनी बस्न बाध्य छन् भने राहत र त्रिपाल नपाउँदा कष्टकर दैनिकी बिताइरहेका छन् । यो जाजरकोटको सबैभन्दा दुर्गम गाउँपालिका हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय