राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलले कुनै पनि निर्वाचनमा अन्य दलसँग गठबन्धन नगर्ने बताएका छन् । नुवाकोटको बिदुर ४ हावाघारमा आयोजित जिल्ला सभालाई सम्बोधन गर्दै लामिछानेले जसरी पनि आफू र आफ्ना मान्छे जिताउने मात्र उद्येश्यले गरिने चुनावी गठबन्धनको विपक्षमा रास्वपा रहेको बताए ।

अन्य दलहरुले रास्वपाको राजनीतिक सिद्धान्त नै नरहेको भनी आलोचना गर्दै आएकोमा उनले गठबन्धन नगरी चुनावमा जान नसक्ने दलहरु कुन राजनीतिक सिद्धान्तमा चलेका छन भनि प्रतिप्रश्न गरेका छन् । रास्वपाका सभापति लामिछानेले चुनावका समयमा आफ्ना कार्यकर्तालाई अर्को दलको चुनाव चिन्हमा मत नहाले कारवाही गछु भन्ने दलहरुले राजनीतिक सिद्धान्तको कुरा गर्न नसुहाउने समेत बताए ।

अन्य राजनीतिक दलहरुले विकासका नाममा आफ्ना कार्यकर्ता पोस्ने काम मात्र गरेको उनले आरोप छ । बिकास निर्माणका कामहरु स्थानीय आवस्यकता भन्दापनि नेता कार्यकर्ताको हिजो गाउँमा चिल्ला सडक बन्दा विकास भएको भनेर खुसी मनाएका नागरिकहरु यति बेला त्यहि चिल्ला सडकले मूल्य बढेका खेतवारी बेचेर छोराछोरीलाई बिदेश पठाउन बाध्य भएको उनको भनाई छ ।

सरकारले भ्रष्टचारको फाईल खोलेपनि पहिलो पानामै आफन्तका अनुहार भेटेपछि फईल बन्द गरेको उनका आरोप छ । आफ्नो दलको सरकार बनेपछि विगतमा भएका सवै भ्रष्टाचारको फाईल खोलिने र कारवाही गरिने उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय