

जनकपुर-जयनगर रेलमार्गमा चल्ने रेलले किचिएर एक जनाको मृत्यु भएको छ । धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक अन्दाजी ५० वर्षीय पुरुषको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए । रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो ।





