फिफा विश्वकप एसिया कपको दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएई ४–० ले पराजित भएको छ। दुबईको अल मख्तुम रंगशालामा बिहीबार राति सम्पन्न खेलमा युएईले पहिलो हाफमै चार गोल गरेको हो । युएईका लागि लागि कप्तान अली एहमद माबखाउतले दुई तथा खलिफा मुबारक अलहमादी र फाबियो लिमाले समान एक गोल गरे ।

यही खेलमार्फत् नेपालका तीन खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन् । सुरुआती एघारमा स्थान बनाएका रक्षक छिरिङ गुरुङ डेब्यु गर्ने पहिलो खेलाडी थिए । त्यसपछि दोस्रो हाफमा अमृत श्रेष्ठलाई प्रतिस्थापन गरेका अर्का रक्षक योगेश गुरुङ डेब्युको अवसर पाउने अर्का खेलाडी बने ।

त्यस्तै ८५ औं मिनेटमा छिरिङको स्थानमा आएका अन्जन राईले पनि अन्तराष्ट्रिय फुटबलमा पहिलो पटक नेपालको प्रतिनिधित्व गरेका छन । नेपालले नोभेम्बर २१ मा दोस्रो चरणको दोस्रो खेलमा यमनको सामना गर्नेछ । सो खेल घरेलु मैदान दशरथ रंगशालामा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय