बर्दियाका् गुलरिया नगरपालिका वडा नम्बर ६ का २० वर्षीय बरुण घिमिरेको हत्याको आरोपमा बर्दिया प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । गत कार्तिक २७ गते लक्ष्मी पूजाको राती शुलभ थापा लगायतको समुहले हातहतियार सहित कुटपिट गरी घाईते बनाएका घिमिरेको उपचारको क्रममा नेपालगञ्ज लैजाने क्रममा घिमिरेको मृत्यु भएको थियो ।

बर्दिया प्रहरीले घटनामा संलग्न भएको आरोपमा गुलरिया नगरपालिका ६ बस्ने २३ वर्षीय सुलभ थापा, २४ वर्षीय धिरज ठाकुर, वडा नम्बर ५ का १९ वर्षीय दिपेश बुढामगर, वडा नम्बर ८ का १९ वर्षीय सन्दिप थारू र दिनानाथ चौधरीलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी घटनामा सहयोगी भूमिका खेलेको आरोपमा गुलरिया नगरपालिका–६ का १८ वर्षीय रक्षक भनिने रोशन शाह, वडा नम्बर ४ का निश्चल थापा क्षेत्री र ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ विदुरपुरका २३ वर्षीय तर्क भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न भएका गुलरिया नगरपालिका वडा नं ६ का १९ वर्षीय सुयस थापा, वडा नं ५ का १९ वर्षीय आलोक आश्रित र वडा नं ४ का १९ वर्षीय सुमन सुनार फरार रहेका छन् । फरारहरुको तिब्ररुपमा खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घटनाका क्रममा मृतकलाई बचाउन खोज्ने गुलरिया नगरपालिका–६ का २१ वर्षीय मोहित पुन र राजापुर नगरपालिका–६ मनाउका २० वर्षीय रञ्जन कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय