भारत राजस्थानको चुरु जिल्लाको सुजानगढमा आइतबार बिहान भएको प्रहरी जीप दुर्घटनामा ६ प्रहरीको मृत्यु भएको छ । चुरुको सुजानगढ सदर पुलिस स्टेशन क्षेत्रमा भएको दुर्घटनामा पाँच प्रहरीको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजानै गर्दा ज्यान गएको हो ।

घाईते एक प्रहरीको जोधपुरको अस्पतालमा उपचार भइरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने कार्यक्रमको सुरक्षामा खटिएको प्रहरीको जीप दुर्घटनामा परेको हो । सात प्रहरीको कार राजमार्गमा रहेको ट्रलीसँग ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय