पाटेबाघको आक्रमणमापरि बर्दियाको राजापुर नगरपालिकामा एक जनाको ज्यान गएको छ । राजापुर–१० सुकुम्बासी टोलकी २५ वर्षीया ममता सुनारलाई घर नजिकैको वनबाट आएको बाघले आक्रमण गर्दा ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत दोर्णराज शर्माले जानकारी दिएका छन् ।

आइतवार नेपाल–भारत सिमानामा पर्ने घर नजिकैको वनमा सुनार घाँस काट्न गएकि हुन्। बाघको आक्रमणमा परि गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया पु¥याईएको थियो । बाघले आक्रमण गरि गम्भीर घाईते वनएका कारण अस्पताल पुगेपछि उनको मृत्यु भएको बर्दिया प्रहरीले वताएको छ ।

वन्यजन्तुको ओहोरदोहोर गर्ने मुख्य जैविक मार्ग खाता क्षेत्रमा पर्ने मधुवन नगरपालिका र राजापुर नगरपालिका क्षेत्र आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया निकुञ्ज आासपासका क्षेत्रमा बाघको आक्रमणका घटना बढिरहेको छ । यी क्षेत्रमा बाघको आक्रमणबाट १८ जनाले ज्यान गुमाईसकेका छन् । चार वर्ष भित्र बाघको आक्रमणबाट बर्दियामा ३५ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय