

इलामको रोङ गाउँपालिकामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । मेची राजमार्ग अन्तरगतको अर्यालचौक भन्ने स्थानमा भएको दुर्घटनामा १० वर्षीय वालकको मृत्यु भएको हो । धनुषाको धारापानीबाट इलाम घुम्न आएका विद्यार्थी चढेको ना६ख ८४२४ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । वसमा सवार विद्यार्थीमध्ये १७ जना गम्भीर घाइते भएको बताइएको छ । उनीहरुलाई उपचारका लागि झापाका अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ ।





