काठमाडौं । थानकोटको मंगलोदय स्कुलका कक्षा ९ मा अध्यय गर्दै आएका विद्यार्थीले आ*त्महत्या गर्ने प्रयास गरेका छन् ।चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित एक घरमा विगत ६–७ वर्षदेखि आमा छोरा कोठामा बस्दै आएका थिए । आमा घर नजिकै रहेको फलाम कारखानामा विहानै काम गर्न गएको र घरमा खाना खान आउँदा छोरा भान्छा कोठामा झु*ण्डिएको अवस्थामा देखेपछि हत्तपत्त डोरी काटी नजिकैको सशस्त्र अस्पताल पुर्याएकी थिइन । सशस्त्र प्रहरीले थप उपचारको लागि भन्दै आर्मी अस्पताल रिफर गरिदियो । १५ वर्षीय बालकको उपचार अहिले आर्मी अस्पतालमा भइरहेको छ । बालकको अवस्था चिन्ताजनक रहेको परिवारजनले बताएका छन् ।

किन गरे बालकले आ*त्महत्या प्रयास ?

कक्षा ९ मा अध्ययन गर्दै आएका विद्यार्थी दशैं अघि स्कुलमा फुटबल खेल्ने क्रममा एउटा छात्राको मोवाइल उक्त बालककै कारण फुट्छ । मोवाइल फुटेपछि स्कुल र छात्राले मोवाइलको पैसा तिर्न बाध्यपारेपछि उनले घरमा जम्मा गरेर राखेको खुत्रुके फुटाएर १६ हजार रुपैयाँ बुझाउछन् । लगत्तै दशैं, तिहार, छठको विदा हुन्छ । बाँकी पैसा स्कुल आउँदा लिएर आउने सहमति हुन्छ । आर्थिक अवस्था कमजोर, आमा फलाम कारखानामा काम गर्ने, बाबु नेपाली सेनामा कार्यरत शान्ति मिसनका क्रममा विदेशमा रहेको । आज विदापछि स्कुल लागेको पहिलो दिन । विहान बालकले स्कुल जान्न भनेपछि आमाले स्कुल आफु पनि सँगै जाउला भनी काममा जानु भयो । कामबाट घर आउँदा छोरा भान्छाकोठामा झु*ण्डिएको अवस्थामा भेटिन्छन् । पैसाको जोहो गर्न नसक्दा मानसिक तनाबकै कारण बालकले आ*त्महत्याको प्रयास गर्न खोजेको परिवारजन र जनप्रतिनिधि लक्ष्मी थापा बताउँछन् ।

कक्षा १२ सम्म मोवाइल, मोटरसाइकल लान र छोटो लुगा लगाउन प्रतिबन्ध छ । तर मोवाइलकै कारण एउटा बालकले आ*त्महत्याको प्रयास गर्नु विद्यार्थी, स्कुल वा अभिभावकमा को जिम्मेवार हुन् ? प्रश्न उब्जिएको छ यतिबेला । जसले जे भने पनि घटनाको यथार्थ प्रहरीको छानविन पछि बाहिर आउने नै छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय