सर्वोच्च अदालतको रिक्त न्यायाधीशका लागि छ जनाको नाम सिफारिस गरिएको छ । मंगलबार न्याय परिषद्को बैठकले सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।



सिफारिसमा परेकाहरू मध्ये सुवेदी, मुसलमान, पौड्याल र ढुंगाना उच्च अदालतका न्यायाधीशहरू हुन् भने ढकाल र पोखरेल वकिल पृष्ठभूमिका हुन् । कांग्रेस निकट पोखरेल नेपाल बारका पूर्वमहासचिव हुन् । एमाले निकट ढकाल सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वसचिव हुन् । सर्वोच्च अदालतमा ७ न्यायाधीशको पद खाली थियो ।
राजनीतिक भागबण्डाका आधारमा माओवादीको कोटामा परेको नाम भने सिफारिस गर्न बाँकी रहेको जनाइएको छ । सिफारिस भएकाहरु संसदीय अनुमोदनपछि न्यायाधीशमा नियुक्ति हुनेछन् ।



