काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले भोलि (बिहीबार) अत्यावश्यक काममा मात्रै सवारी साधन लिएर निस्कन आग्रह गरेको छ ।
विभिन्न समूहले ¥याली तथा विरोध प्रदर्शन गर्ने भएकाले आवगमनमा असहजता सिर्जना हुनसक्ने भन्दै ट्राफिक प्रहरीले यस्तो सूचना जारी गरेको हो । ट्राफिक प्रहरीले सवारी साधन लिएर निस्किनुअघि १०० र १०३ मा फोन गरेर बुझ्नसमेत आग्रह गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनामा ’तपाईँको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्नसक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्नहुन विनम्र अनुरोध गर्दछौं,’ उल्लेख छ ।




नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले भोलि काठमाडौं उपत्यका केन्द्रित विरोध प्रदर्शन गर्दैछ ।



