भोजपुरको रामप्रसादराई गाउँपालिका ८ खोक्सिकले पहिलो प्राथमिकतामा राख्दै विद्युत विस्तारलाई तीव्रता दिएको छ । वर्षौबाट अध्यारोमा बस्दै आएका स्थानीयको समस्या समाधानको लागि वडाले विद्युत विस्तारलाई तीव्रता दिएको हो ।
भोजपुरको रामप्रसादराई गाउँपालिका ८ खोक्सिकका ४० प्रतिशत बढी स्थानीय विद्युतको पहँुचमा जोडिएका छन् । वडा कार्यालयले आगामी वर्ष भित्र उज्याले वडा बनाउने लक्ष्यका साथ काम अघि बढाएपछि स्थानीय विद्युतको पहँुचमा जोडिएका हुन् । विद्युत विस्तार भएपछि स्थानीय जनता उत्साहित बनेका छन् ।



विगतमा सोलार तथा टुकी बत्तीमा रात कटाउदै आएका स्थानीयहरुलाई विद्युत विस्तारले सहजता हुने भएको छ । विद्युत विस्तारभएसँगै विद्युतिय उपकरण सञ्चालन गर्न सजिलो भएको र दैनिक जीवनमा परिवर्तन आएको स्थानीय बताउँछन् ।
विगतमा एक घरमा पनि विद्युत नपुगेको यहाँको खोक्सिक, बाउराङमा विद्युत बल्न थालेको हो । बाक्चाखा र भञ्याङमा तीव्रताका साथ विद्युत विस्तार भईरहेको छ । विद्युत विस्तारको लागि स्थानीयले पनि जनश्रमदान गर्दै आएका छन् । वडा कार्यालयले घर घरमा विद्युत पु¥याउनको लागि १२ लाख बजेट विनियोजन गरेको छ । आगामी वर्ष भित्र वडाका सवै घरमा विद्युत विस्तारको काम सम्पन्न गर्ने वडा कार्यालयले लक्ष्य छ ।
बजेट अभाव तथा विभिन्न चुनौतिको सामना गर्दै विद्युत विस्तारलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको वडा कार्यालयको भनाइ छ । भौगोलिक रुपमा ठुलो भूगोल रहेकोले काम सञ्चालनमा केहि कठिनाई रहेको वडा कार्यालयले जनाएको छ ।



