भूकम्पका कारण घरबास गुमाएपछि त्रिपालमा बस्दै आएका २२ भूकम्प पीडितको मृत्यु भएको छ । समयमा अस्थायी आवास नबन्दा चिसोले पीडितले ज्यान गुमाउन थालेका हुन । चिसोवाट जाजरकोटमा १९ र रुकुम पश्चिममा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा धेरैजसो दीर्घरोगी र जेष्ठ नागरिक छन । सुत्केरी र बालकले पनि ज्यान गुमाएका छन ।

चिसोका कारण झाडापखाला, ज्वरो र रुघाका बिरामी बढेका छन्, मुटु रोगी, दमका बिरामी, उच्च रक्तचाप र मधुमेहका बिरामीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएका छन । अहिले जाजरकोट अस्पतालमा दैनिक १ सयदेखि १ सय ५० जनासम्म बिरामी उपचारका लागि पुग्ने गरेका छन । बढीजसो निमोनिया भएका बालबालिका उपचारका लागि पुग्ने गरेका छन ।

चिसोका कारण अस्पतालमा ५० जनासम्म बिरामी आउने गरेकामा झन्डै आधा बालबालिका हुने गरेका छन । अहिले अस्पतालमा झन्डै २५ जनाको आकस्मिक कक्षमा उपचार भइरहेको छ । भुकम्प पीडितले अहिलेसम्म एउटा परिवारका लागि १÷१ थान त्रिपाल र कम्बल र केही खाद्यान्न मात्रै पाएका छन । जाजरकोटमा ५ वर्षमुनिका १० हजार ५ सय ६० बालबालिका प्रभावित छन् । यस्तै १ हजार ३ सय ६० जना गर्भवती र ९ सय सुत्केरी भूकम्पबाट प्रभावित छन  । रुकुम पश्चिममा ५ वर्षमुनिका बालबालिका ५ हजार ५ सय ६७ जना प्रभावित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाभरि १ हजार ६८ गर्भवती र ७ सय ३९ सुत्केरी प्रभावित भएका छन  । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५६ जनाको मृत्यु भएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा झन्डै ५५ हजार परिवार विस्थापित भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय