धुलिखेल नगरपालिका वडा न.११ स्थित (विपि राजमार्ग)पात्लेखेतमा शनिवार बिहान गाडीको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । भकुण्डेबेशीबाट काठमाडौं आउँदै गरेको प्र–१–०१–००१ च ८५९२ नं योदा गाडीको ठक्करबाट स्थानीय यमुनाप्रसाद धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभे्रले जनाएको छ ।
प्रहरीका अनुसार ठक्करदिएपछि घाइते भई धिताललाई धुलिखेल अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको छ । धिताल विन्धवासिनी सहकारीमा कार्यरत कर्मचारी रहेको बुझिएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






