बाला चतुर्दशीको पूर्व सन्धयामा पशुपति परिसरमा बत्ति बाल्ने भक्तजनको भीड लागेको छ । आफ्ना दिवङ्गत पितृको स्मरणमा हरेक वर्ष बालाचतुर्दशिको अघिल्लो रात बत्ति बालेर जाग्राम बसि बिहान बत्ति सेलाएर सदमि छर्ने प्रचलन रहदै आएको छ ।

यसो गर्नाले आफ्ना पितृहरुले मोक्ष प्राप्त गर्ने भएकोले आफ्ना सन्तानहरुले बत्ती बालेसँगै जौ, धान, ध्यु लगायत ७ थरी मिलाएर बनाएको सदबिज छर्ने गर्दछन जसका लागि देशका विभिन्न भागबाट पशुपति प्राङ्गणमा भक्तजनहरुको ठुलो भीड लागेको छ । भक्तहनहरुको भिड बढीसँगै सुरक्षा व्यवस्था समेत कडा पारिएको पशुपति क्षेत्र बिकास कोषले जानकारी जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय