प्रहरीले स्रोत नखुलेको सुनका गरगहनासहित २ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुर, ईप्रका बगनाह र कर्तनियाघाट प्रहरी चौकीबाट खटिएको टोलीले पूर्वपश्चिम राजमार्ग अन्र्तगत बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ९, कर्तनिया स्थित चेकप्वाईन्टमा चेकजाँचका क्रममा हुण्डाई गाडी, सुनका गरगहनासहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी चेकजाँचका क्रममा प्र–३–०१–०२३ ८१६८ नम्बरको हुण्डाई गाडीबाट ३ सय ४७ दशमलव ०७१० ग्राम सुनको गहना फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुधिरराज शाहीले जानकारी दिए । अवैंध सुनका गरगहनासँगै जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ राँझा बस्ने अन्दाजी बर्ष २९ का मोहन बि.क. र हुण्डाई गाडीका सवारी धनी बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ ठेगाना भई बाँकेको डुँडुवा गाउँपालिका वडा नम्बर ५ स्थित जब्दहवा बस्ने अन्दाजी ३८ बर्षिय देबिन्द्र बहादुर घर्तीलाई नियन्त्रणमा लिएको उनले बताए ।

बरामद सुनका गहना, आरोपित मानिस र गाडी उपर थप अनुसन्धान भैरहेको उनले बताए । बरामद सुनका गरगहना २८ तोला भन्दा बढी रहेको बुझिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय