काठमाडौं । आजदेखि जनकपुरधाममा सीताराम विवाह पञ्चमी महा–महोत्सव सुरु हुँदैछ । जनकपुर नगरदर्शनसँगै सुरु हुने सात दिवसीय उत्सवका क्रममा २७ गते बुधबार फुलवाडी लीला, २८ गते धनुष यज्ञ हुनेछ । यसैगरी मंसिर २९ गते तिलकोत्सव, ३० गते मटकोर र पुस १ गते शुभ विवाह र २ गते राम कलेवा (जन्ती विदाई) सँगै विवाह महामहोत्सव सम्पन्न हुनेछ ।

सीता स्वयंवरका बारेमा उल्लेख भएअनुसार आश्विन पूर्णिमाका दिन सीतारामको विवाह भएको हो । सोही ऐतिहासिक परम्परालाई जीवन्त राख्न जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने गरिन्छ । त्यसका लागि सो दिन राममन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रंगभूमि मैदानमा पु¥याइन्छ भने जानकी मन्दिरबाट लिइएको जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध व्यक्तिहरु स्वागतका लागि त्यसअघि नै त्यहाँ पुगेका हुन्छन् ।

मैदानमा श्रीरामको डोलालाई जानकी मन्दिरबाट लगिएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण र श्रीरामको डोलीबाट महन्थले जानकी (सीता) लाई माला लगाई आरती पूजनपछि विधिवत स्वयंवर कर्म हुन्छ । तत्पश्चात लावालश्करसहित राममन्दिरको मण्डप जानकी मन्दिर पु¥याएर आरती पूजन गरी राममन्दिर फर्कने गर्दछ भने त्यसै रात मिथिला परम्पराअनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय