काठमाडौं । नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेटमा भारतसँग १० विकेटले पराजित भएको छ ।

५३ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ७.१ ओभरमा ५७ रन बनाउँदै नेपालमाथि १० विकेटको जित हात पारेको हो । यूएईमा भइरहेको प्रतियोगितामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमा अलआउट भएको थियो । लगातार तेस्रो हार व्यहोर्दै नेपाल खेलको पहिलो चरणबाटै बाहिरएको छ । प्रतियोगितामा नेपालको पहिलो दुई खेल हारिसकेको छ ।

 

पाकिस्तानले शुक्रबार नेपाललाई पहिलो खेलमा सजिलै ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग आइतबार नेपाल ७३ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय