पाकिस्तानी सेनाको आधार शिविरमा मंगलबार आत्मघाती बम आक्रमण हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुन्ख्या प्रान्तको डेरा स्माइल खान जिल्लास्थित शिविरमा भएको आक्रमणमा २३ जनाको मृत्यु भएको हो । विस्फोटक पदार्थले भरिएको गाडीले अस्थायी सैन्य आधारमा आक्रमण गर्दा अन्य २७ जना घाइते भएको बताइएको छ ।
मृत्यु हुने अधिकांश सैन्य कर्मचारी भएको अनुमान गरिएको छ । सेनाहरू सुतिरहेको अवस्थामा आक्रमण भएकाले सिभिल पोसाकमै रहेको बताइएको छ । विस्फोटको कारण शिविरका तीनवटा कोठा भत्किएका छन् भने भग्नावशेषबाट शव निकाल्ले कार्य भइरहेको छ । मृतकको सङ्ख्या अझै बढ्ने आँकलन गरिएको छ । आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिवानले लिएको छ ।






