सदरमुकाम सिमकोट बजारमा एक घरमा भएको अगालागीमा १ करोड १४ लाख बरावर धनमालको क्षेती भएको छ । मंगलबार सिमकोट गाउँपालिका वडा नम्वर ५ का बसन्त रोकायाको तीन तले एक घर आगलागि भएको हो । मंगलबार बिहान ९ः४५ बजे भएको आगलागिले रोकायाको माथिल्लो तला पुर्ण रुपमा जलेर नष्ठ भएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, बालमन्दिर माविका विद्यार्थी र स्थानीयको ठुलो प्रयासमा करीव दुई घण्टापछि आगोलाई नियन्त्रणमा लिएको थियो । खाना पकाउन प्रयोग गरिने धुवा रहित फलामे चुलोको पाइपबाट आगलागी सुरु भइ रोकयाको ३ तले घरको माथिल्लो तला पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले बताए ।



आगालि नियन्त्रणका क्रममा रोकायाकी श्रीमती लक्ष्मी रोकयाको छातिमा चोट लागेको छ भने एक जना नेपाल प्रहरीका जवान भर्याङबाट खस्दा सामान्य चोट लाग्नुका साथै प्रहरी जवानको जिल्ला अस्पतालमा प्रथामिक उपचारपछि आजै डिसचार्ज गरिएको छ ।
सो आगलागिबाट १ करोड १४ लाख ७ हजार रुपियाँ धनमालको क्षेती भएको प्रहरी नायव उपरिक्षक खनालले बताउनुभयो । उहाँका अनुसार ४ लाख नगद सहित अन्य जिन्सी, तथा भौतिक सामग्रि पुर्ण रुपमा जलेर नष्ठ भएको बताइएको छ ।



