नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले सरकारले बिखण्डनकारी गतिविधिलाई नियन्त्रण गर्न नचाहेको आरोप लगाएका छन् । मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिव भट्टराईले कोशी प्रदेशमा पहिचानवादीको नाममा मुलुक बिखण्डनकारी गतिविधि गर्न लागेकाहरुलाई नियन्त्रण गर्नुको साटो सरकार कानमा तेल हालेर बसेको आरोप लगाएका हुन् । उनले कोशी प्रदेशतर्फ संकेत गर्दै एमालेले पहिचानको नाममा बिखण्डनकारी गतिविधि गर्नेहरुको प्रतिरोध गर्ने चेतावनी समेत दिए ।

सचिव भट्टराईले कोशी प्रदेशको नाम बदल्नुपर्छ भन्नेहरुलाई आफूहरुले सकारात्मक रुपमा लिएको र सोहीअनुसार संवाद गर्न तयार रहेको पनि स्पष्ट पारे ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय