राष्ट्रिय सभा निर्वाचनका लागि दुई हजार ४७ मतदाता कायम गरिएको छ । निर्वाचन आयोगले आज मतदाता नामावली स्वीकृत गरेको हो । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर उपमेयर मतदाता हुने व्यवस्था छ । मृत्यु भएका जनप्रतिनिधिको नाम हटाएर मतदाता नामावली तय गरिएको आयोगले जनाएको छ । सबै प्रदेशमा प्रदेश सभा सदस्य ५ सय ५० जना हुन्छन् ।

यसमध्ये मृत्यु भएका एक जनाको नाम हटाएर ५ सय ४९ कायम भएको छ । त्यस्तै त्यस्तै, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका मेयर र उपमेयर गरी एक हजार ५ सय ६ जना हुन्छन । यसमध्ये गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका उपप्रमुख गरी तीन जनाको मृत्यु भएकाले नाम हटाइएको छ । त्यस्तै, गाउँपालिकाका एक जना अध्यक्ष र नगरपालिकाका चार जना नगरप्रमुख निलम्वनमा परेका छन् । उनीहरूको नाम हटाएर एक हजार ४ सय ९८ जनाको मतदाता नामावली कायम भएको छ ।

निर्वाचनमा प्रदेश सभाका सदस्यको मतभार ५३ हुन्छ भने तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगर प्रमुख र उपमेयरको मतभार १८ हुन्छ । निर्वाचनमा सबै गरेर ५७ हजार ५ सय ५९ मतभार रहेको छ । राष्ट्रिय सभा सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय