भोजपुर- भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईसहितको टोली मध्ये पहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गरेको छ । मध्ये पहाडी सडक खण्डमा देखिएका समस्याको समाधान तथा भावी योजना निर्माणको लागि स्थलगत अनुगमन गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईसहितको समुहले मध्ये पहाडी लोकमार्ग अन्तर्गत विभिन्न सडक खण्डसँगै दिक्तेल–चखेवा, भोजपुरको चखेवा – लेगुवा र कोशी राजमार्गको खाँदबारी–भोटखोला किमाथाङ्का सडक खण्डको अवलोकन गरेको छ ।अनुगमन पश्चात यहाँको अवस्था र गर्नु पर्ने कामको विषयमा प्रतिवेदन तयार गरेर मन्त्रालयमा बुझाउने लक्ष्य रहेको छ ।

मध्ये पहाडी लोकमार्ग र कोशी राजमार्गमा देखिएका समस्याहरुको पहिचान र भईरहेका कामको बारेमा मन्त्रालयलाई जानकारी दिने उद्धेश्यले स्थगत अनुगमन गरिएकको सडक डिभिजन कार्यालय संखुवासभा तुम्लिङटारले जनाएको छ । मन्त्रालयबाट स्थलगत रुपमा अनुगमनले कार्यालय मातहात सञ्चालन हुने कामलाई अघि बढाउन थप सहज हुने कार्यालयको भनाइ छ ।

स्थलगत रुपमा राज्यमन्त्रीबाट यहाँका सडकहरुको अनुगमनले उत्साह थपिएको समाजसेवी मिथुन भोटेले बताए । सडकको कारण स्थानीयले विभिन्न समस्या भोगिरहेको अवस्थामा राज्यको तर्फबाट भएको अनुगमनले समस्या समाधान हुनेमा आशावादी रहेको उनको भनाइ छ । अनुगमना क्रममा यहाँका धेरै समस्याको पहिचान गरिएकोले ती समस्या समाधानको लागि भावी योजना निर्माण गर्ने जनाइएको छ । कामलाई गुणस्तरिय र प्रभावकारीढंगले अघि बढाउन मन्त्रालयमा प्रतिवेदन बुझाउने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय