काभ्रेको डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकामा एकै दिन तीन आयोजना शिलान्यास गरिएको छ । विहिबार वागममती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले एकै दिन ३ आयोजना शिलान्याश गरेका छन् भने आधा दर्शन आयोजनको निरिक्षण गरेका छन ।
खानीखोला गाउँपालिका वडा नम्बर ६ र ५ जोड्ने सडक पुल, जनमुक्ति मार्गको देविटार–घर्तीछाप–गोकुले–छोटेसाहान–भोर्लेनी सडक खण्ड (चेनेज ०+००० किमि देखि ९+३८० किमि देविटार देखि गोकुले लबडाँडा सम्म कालोपत्रे सहित) र देविटारमा रहेको वनखुखोला सडक पुलको शिलान्यास गरिएको हो । यस्तै दुई पािलकामा सञ्चालित आधा दर्जन आयोजनाको निरिक्षण गरिएको छ ।



उक्त कार्यक्रममा मन्त्री दुलालसँगै, वागमती प्रदेश सांसद रत्न ढकाल, पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, पुर्वाधार कार्यालय धुलिखेलका प्रमुख राजु श्रेष्ठ लगायत स्थानीयको उपस्थिती रहेको थियो । तीन आयोजना शिलान्यास तथा आधा दर्शन आयोजना निरिक्षाण गर्दै मन्त्री दुलाले जिल्लाकै विकट क्षेत्रको पहिचान बनाएको खानीखोला र महाभारत गाउँपालिका सुगम बन्दै गएको बताएका छन ।
विगतमा पछाडी परेका र पारिएका क्षेत्रमा विकासले फड्को मारेको उनको दाबी छ ।प्रदेश सभा सदस्य रत्न ढकालले रणनीतिक महत्त्वको सडक पुल भएको भन्दै क्षेत्र नम्बर १ का अन्य सडक पुल पनि क्रमशः स्तरोन्नति गरिने जानकारी दिनुभयो ।खानीखोला गाउँपालिका वडा नम्बर ६ र ५ जोड्ने सडक पुल निर्माणसँगै वर्षाको समयमा नाकाबन्दीमा पर्ने खानीखोला गाउँपालिकामा आवतजावतमा सहज हुने गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताएका छन ।
यस्तै महाभारत गाउँपालिका वडा नम्बर १ र ३ जोड्नेगरी बन्खु खोलामा पुल निर्माण हुनेभएको छ । विहिबार मन्त्री दुलालले उक्त पुलको शिलान्यास गरेका हुन् । पुल र सडक निर्माणले जिल्लाको विकट महाभारत क्षेत्रको समृद्धिमा ठुलो योगदान गर्ने महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । विहिबार नै काभ्रे र मकवानपुर जोड्ने सिक्रेदोभानको पुल ,महाभारतमा भएको सडक कालोपत्रे, निर्माणधिकन आयोजनाको समेत मन्त्री दुलाल अवलोकन गरेका छन ।
विकास निर्माणले गति लिएको महाभारत र खानीखोला गाउँपालिकामा निर्माण ब्यवसायीहरुको असहयोग र ढिलासुस्तिका कारण विनियोजित बजेट कार्यान्वयन हुन नसकेको मात्रै होईन नागरिकहरुले पनि सास्ति ब्यहोरेका छन् ।



