अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाहरुको सपना पूरा गर्ने अवसर नेपालमा नै रहेको बताएका छन् । शनिवार नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको स्टार्टअप फेस्ट, २०२३ कार्यक्रममा अर्थमन्त्री डा. महतले युवाहरुको हरेक सपना पूरा गर्ने अवसर नेपालमा नै रहेको भन्दै विदेश जानुपर्छ भन्ने मानसिकताबाट बाहिर आउन आवश्यक रहेको बताएका हुन् ।

उनले नेपालको क्षेत्रगत विकास गर्न बाँकी रहेकाले युवाहरुलाई अवसर नै अवसर रहेको दाबी समेत गरे । अर्थमन्त्री महतले कक्षा १२ को अध्ययन सकेर विदेशै जानुपर्छ भन्ने मान्यतालाई तोडेर अब युवाहरुले नै सचेतना अभियान चलाउन आवश्यक रहेको पनि बताए । उनले नेपालमा आइटी क्षेत्रमा पनि ठूलो सम्भावना रहेकाले सो क्षेत्रतर्फ लाग्न युवाहरुलाई आह्वान समेत गरे ।

अर्थमन्त्री महतले विभिन्न समस्याबाट गुज्रिएको अर्थतन्त्र सकारात्मक रुपमा सुधार हुँदै गएको दाबी समेत गरे । उनले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको भन्दै अब जम्मा भएको पुँजीलाई चलायमान बनाउन सरकार केन्द्रित रहेको पनि उल्लेख गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय