काठमाडौं । आजदेखि देशभरका उच्च अदालत र इजलासमा स्वचालित पेशी प्रणाली लागू हुने भएको छ । यसअघि गोलाप्रथा प्रक्रियाद्वारा पेशी तोकिने गरेकोमा आजबाट स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली लागू गर्न लागिएको हो । स्वचालित प्रणालीको पाटन उच्च अदालतबाट प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अहिले ११ बजेबाट शुभारम्भ गर्ने कार्यक्रम छ ।
तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा विद्यमान पेशीको विकृति तथा विसंगति हटाउन स्वचालित प्रणाली लागू गर्नुपर्ने सुझाव दिएको थियो । सोही सुझाव पछ्याउँदै सर्वोच्च अदालतले गत भदौ ११ मा स्वचालित पेशी प्रणाली लागू गरेको थियो ।






